• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

जलबिरे झरना हेरेर फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ डार्ट गरेर नियन्त्रणमा

चितवनमा ८० हजारभन्दा बढी पटाका बरामद, दुई भारतीय नागरिक पक्राउ

बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

ई–गभर्नेन्स खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गर्ने ३ जना पक्राउ

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

लोकप्रिय समाचार

  • १. सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो

  • २. धादिङमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना पक्राउ

  • ३. सुनचाँदीको मूल्य घट्यो

  • ४. सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो

  • ५. देउवा समूहको १५औँ महाधिवेशन खुलामञ्चमा हुने

  • ६. डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा

  • ७. भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

  • ८. भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने

  • ९. सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन थापा

  • १०. सोलुखुम्बुको होटल गुडलकमा आगलागी

ओम अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु, महानगरले गर्यो ७ दिनका लागि बन्द


  •   मङ्गलबार, कार्तिक १८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौँका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको छ । अनुगमनका क्रममा चावहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि ७ दिनका लागि बन्द गरिएको हो ।

    Advertisement

    हेल्दी बाइट्स सर्भिसेज् प्रा.लि.द्वारा सञ्चालन भइरहेको उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, पेष्ट कन्ट्रोल (किटनाशक नियन्त्रण) व्यवस्था असन्तोषजनक रहेको, लेबल विवरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको लगायत अनियमितता भेटिएका थिए । अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार, क्यान्टिन सञ्चालकले व्यवसाय दर्ता समेत नगरेको हुँदा सात दिनका लागि बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको हो ।

    अनुगमनका क्रममा म्याद गुज्रिएका पाँच थान (५०० मिलिलिटर) दूध सञ्चालककै उपस्थितिमा नष्ट गरिएको थियो ।

    ओम अस्पताल तथा रिसर्च सेन्टर प्रा.लि. प्रशासनका प्रशासनिक प्रबन्धक विपिन जङ्गमले भने- ‘हाल क्यान्टिन सञ्चालक परिवर्तन भइसकेको छ । हामी संरचना मर्मत, रंगरोगन र आवश्यक सरसफाइ पूरा गरी खाद्य स्वच्छता सुनिश्चित भएपछि मात्र पुनः सञ्चालनमा ल्याउनेछौँ ।’

    तुलनात्मक रूपमा मेडिकेयर अस्पतालको द केयर क्यान्टिन र हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनमा सरसफाइ अवस्था अपेक्षाकृत राम्रो देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण अधिकृत खगेन्द्रप्रसाद खतिवडा र सञ्जय चौधरीले जानकारी दिए । तर, दुवै क्यान्टिनमा पनि पेष्ट कन्ट्रोलको व्यवस्था सन्तोषजनक नभएको बताइएको छ ।

    मेडिकेयर अस्पतालको क्यान्टिनमा लेबलविहीन खाद्य वस्तु प्रयोग, खुला डस्टबिन र पिउने पानी परीक्षणमा अमोनिया मापदण्डभित्र भए पनि सुधार आवश्यक रहेको पाइएको थियो । अनुगमन टोलीले क्यान्टिन सञ्चालकलाई पेष्ट कन्ट्रोल प्रभावकारी बनाउने, पूर्ण लेबलसहितका प्रशोधित खाद्य वस्तु मात्र प्रयोग गर्ने, अनुमति प्राप्त उद्योगबाट उत्पादन भएका वस्तु मात्र प्रयोग गर्ने, आगो जोखिम न्यूनीकरणका उपकरण राख्ने र खाना पकाउने तथा भाँडा माझ्ने ठाउँ अलग गर्न निर्देशन दिएको थियो ।

    त्यस्तै, हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनमा व्यक्तिगत सरसफाइ सन्तोषजनक देखिए पनि, खाद्य रंगको उचित प्रयोग, अनुज्ञापत्र प्राप्त खाद्य पदार्थको मात्र बिक्री र आगो जोखिम न्यूनीकरणका उपकरणहरू थप बलियो बनाउन सुझाव दिइएको छ ।

    महानगर र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कानुनअनुसार स्वच्छ, जिम्मेवार र सुरक्षित खाद्य व्यवसाय सुनिश्चित गर्न नियमित रूपमा अस्पताल, होटल, रेष्टुरेन्ट तथा क्यान्टिनहरूको अनुगमन गर्दै आएको आएको छ ।

    मङ्गलबार, कार्तिक १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलबिरे झरना हेरेर फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु
    डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा
    चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ डार्ट गरेर नियन्त्रणमा
    चितवनमा ८० हजारभन्दा बढी पटाका बरामद, दुई भारतीय नागरिक पक्राउ
    बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    लोकप्रिय

    • १.
      सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले

    • २.
      धादिङमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना

    • ३.
      सुनचाँदीको मूल्य घट्यो

    • ४.
      सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो

    • ५.
      देउवा समूहको १५औँ महाधिवेशन खुलामञ्चमा हुने

    • ६.
      डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की

    भर्खरै

    • १.
      जलबिरे झरना हेरेर फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

    • २.
      डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा

    • ३.
      चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ डार्ट गरेर नियन्त्रणमा

    • ४.
      चितवनमा ८० हजारभन्दा बढी पटाका बरामद, दुई भारतीय नागरिक पक्राउ

    • ५.
      बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

    • ६.
      सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    • ७.
      ई–गभर्नेन्स खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गर्ने ३ जना पक्राउ

    • ८.
      सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.