सोलुखुम्बु । सोलुखुम्बुको फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला सोलुखुम्बु, खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा आज बिहान करिब ८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनापछि आगलागी भने नभएको जनाइएको छ ।
घाइतेलाई उपचारका लागि प्रभु हेलिकप्टरमार्फत लुक्ला पठाइएको छ ।
घटनाको थप विस्तृत विवरण आउन बाँकी रहेको छ ।
