काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको नयाँ प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि आईजीपी रहेका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णयसमेत बैठकले गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएको छ ।
