काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ६०० रुपैयाँले बढ्दा चाँदी २० रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ६५५ रुपैयाँ निर्धारण गरिएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तीन हजार ६७५ रुपैयाँ रहेको थियो ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढ्दा चाँदीको भाउ भने घटेको महासङ्घले जनाएको छ ।
