काठमाडौं । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला आठ हजार ३०० रुपैयाँले घटेको छ । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १७५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार ६५० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँ र चाँदी तीन हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।
