• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँसहित चार जना पक्राउ

चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते 

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

खोटाङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते, एक जना पक्राउ

बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु, प्रहार गर्ने व्यक्ति नियन्त्रणमा

बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड ५६ लाख रुपैयाँको क्षति

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

लोकप्रिय समाचार

  • १. बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड ५६ लाख रुपैयाँको क्षति

  • २. रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु, प्रहार गर्ने व्यक्ति नियन्त्रणमा

  • ३. खोटाङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते, एक जना पक्राउ

  • ४. सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

  • ५. पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

  • ६. बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प

  • ७. चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते 

  • ८. गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँसहित चार जना पक्राउ

गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँसहित चार जना पक्राउ


  •   मङ्गलबार, कार्तिक १०, २०८३ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक गेस्ट हाउसबाट लागूऔषध खैरो हेरोइन र नगदसहित चार जना पक्राउ परेका छन्।

    Advertisement

    लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–९ तिलगंगास्थित गेस्ट हाउसमा कोठा बुक गरी बसेका व्यक्तिहरूलाई लागूऔषध खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको हो।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–२ का २० वर्षीय भरोस मुखिया, २६ वर्षीय धनिकलाल मुखिया, २६ वर्षीय पवन मुखिया र ३६ वर्षीय महमद सजाबुल शेष रहेका छन्।

    उनीहरूको साथबाट ३४ ग्राम लागूऔषध खैरो हेरोइन र नगद पाँच लाख ८० हजार रुपैयाँ बरामद गरिएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

    गेस्ट हाउसमा बसेर लागूऔषध खरिद–बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले निगरानी तथा अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

    लागूऔषध नियन्त्रण ऐन, २०३३ मा भएको सजायसम्बन्धी व्यवस्थाअनुसार २५ ग्रामदेखि १०० ग्रामसम्म खैरो हेरोइन कारोबार गरेको कसुरमा १० देखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको ब्युरोले जनाएको छ।

    प्रहरीले लागूऔषधको अवैध कारोबार नियन्त्रण गर्न निगरानी र अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

    मङ्गलबार, कार्तिक १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते 
    सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी घट्यो
    पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर
    खोटाङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते, एक जना पक्राउ
    बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प
    रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु, प्रहार गर्ने व्यक्ति नियन्त्रणमा

    लोकप्रिय

    • १.
      बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड

    • २.
      रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको

    • ३.
      खोटाङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते, एक

    • ४.
      सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी

    • ५.
      पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते,

    • ६.
      बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प

    भर्खरै

    • १.
      गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँसहित चार जना पक्राउ

    • २.
      चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते 

    • ३.
      सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

    • ४.
      पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

    • ५.
      खोटाङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते, एक जना पक्राउ

    • ६.
      बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प

    • ७.
      रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु, प्रहार गर्ने व्यक्ति नियन्त्रणमा

    • ८.
      बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड ५६ लाख रुपैयाँको क्षति

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.