काठमाडौं । बैतडीमा आइतबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर ६ मिनेटमा बैतडीको ऐरीगाउँ आसपास केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पविज्ञ लोकविजय अधिकारीले ऐरीगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको पुष्टि गरेका छन्। भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाहरूमा समेत महसुस गरिएको छ।
