काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढ्दा चाँदीको मूल्य पनि ११५ रुपैयाँले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला चार हजार १५० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ३५ रुपैयाँ रहेको थियो ।
