सुनसरी । सुनसरीको धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कोशी लोकमार्गमा बिहीबार दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा धनकुटा नगरपालिका–९ बेलहरा निवासी ३६ वर्षीय दिपेन्द्र राज राईको मृत्यु भएको हो ।
प्राप्त विवरणअनुसार, दिउँसो करिब ३ः३० बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका राईको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
