रौतहट । रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
बौधीमाई नगरपालिका–७ बंकुलस्थित बंकुल–नरकटिया सडकखण्डबाट उक्त रकमसहित भारतीय नागरिक पक्राउ परेका हुन् ।
मिति २०८३ कात्तिक १६ गते दिउँसो करिब १२ः२० बजे बाराबाट रौतहटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR05AF3787 को मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको गस्ती टोलीले शङ्का लागेर जाँच गरेको थियो ।
जाँचका क्रममा मोटरसाइकलको फिल्टरमा लुकाइछिपाइ राखिएको स्रोत नखुलेको रकम फेला परेको प्रहरीले जनाएको छ । बरामद रकममा एक हजार दरका ५९३ थान र पाँच सय दरका ८१४ थान नोट रहेका छन् ।
प्रहरीले उक्त रकम, मोटरसाइकल तथा चालक भारतको बिहार राज्य, मोतिहारी जिल्ला, घोडसन ग्राम निवासी अन्दाजी ३३ वर्षीय टुना दासलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
