काभ्रे । काभ्रेमा दुई बस एकआपसमा ठोक्किँदा २५ जना घाइते भएका छन् ।
बिहीबार बिहान ११ः४० बजे धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका २१ जनालाई उपचारका लागि शीर मेमोरियल अस्पताल बनेपा र ४ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।
शीर मेमोरियल अस्पतालमा उपचाररत घाइतेहरू:
१. दुर्गा सिमथान, ५८ वर्ष, बनेपा नगरपालिका–३, काभ्रे।
२. मनिष पहरी, ४० वर्ष, भुम्लु गाउँपालिका–१, काभ्रे।
३. उर्मिला महत, २६ वर्ष, बनेपा नगरपालिका–५, काभ्रे
४. युसन बुर्जा, ११ वर्ष, उर्मिला महतका छोरा।
५. देवकी निरौला, ५५ वर्ष, दिक्तेल, खोटाङ।
६. छिरिङ लामा, १६ वर्ष, लिसंखुपाखर गाउँपालिका–३, सिन्धुपाल्चोक।
७. दिपा कुँवर, २० वर्ष, सुनकोशी गाउँपालिका–५, सिन्धुपाल्चोक।
८. कल्पना खत्री, ४० वर्ष, साँगाचोक नगरपालिका–१२, सिन्धुपाल्चोक।
९. पाम्देल लामा, ४० वर्ष, सुनकोशी गाउँपालिका–५, सिन्धुपाल्चोक।
१०. राममाया तामाङ, ४१ वर्ष, लिसंखुपाखर गाउँपालिका–३, सिन्धुपाल्चोक।
११. अभिनाश खड्का, २६ वर्ष, सुनकोशी गाउँपालिका–४, सिन्धुपाल्चोक।
१२. संगिता कार्की, ४१ वर्ष, सुनकोशी गाउँपालिका–६, सिन्धुपाल्चोक।
१३. आरोब बुढाथोकी, ८ वर्ष, संगिता कार्कीका छोरा।
१४. आसा सापकोटा, ३४ वर्ष, सुनकोशी गाउँपालिका–६, सिन्धुपाल्चोक।
१५. एक ब. खत्री, ५० वर्ष, सुनकोशी गाउँपालिका–१, सिन्धुपाल्चोक।
१६. कान्छी खरेल, ६० वर्ष, भुम्लु गाउँपालिका–५, काभ्रे।
१७. कृष्णलक्ष्मी श्रेष्ठ, ५० वर्ष, सुनकोशी गाउँपालिका–८, सिन्धुपाल्चोक।
१८. मानकुमारी शाह, ५५ वर्ष, काठमाडौं।
१९. सबिना खड्का, ३३ वर्ष, हरिहरपुर नगरपालिका–४, सिन्धुली।
२०. असिम पन्त, १४ वर्ष, धुलिखेल नगरपालिका–८, काभ्रे।
२१. अस्मी पन्त, १० वर्ष, असिम पन्तकी बहिनी।
धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरू:
२२. सबिना खड्का, ३८ वर्ष, भुम्लु गाउँपालिका–८, काभ्रे।
२३. सानिया खड्गी, १६ वर्ष, भुम्लु गाउँपालिका–८, काभ्रे।
२४. रोहन आचार्य, १६ वर्ष, पाँचखाल नगरपालिका–१०, काभ्रे।
२५. सुनिता थपौलिया, १६ वर्ष, मेलुङ गाउँपालिका–१, दोलखा।
दुर्घटनामा घाइतेहरूको अवस्था अधिकांश सामान्य रहेको छ भने केहीको अवस्था मध्यम रहेको छ ।
दुवै बस र चालकलाई नियन्त्रणमा लिइएको छ ।
