काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुई देशबीचको आपसी हित तथा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा भोटेकोशी बाढीलगायत विभिन्न विपद्का समयमा भारत सरकारले पहिलो उद्धारकर्ताका रूपमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा बुधबार काठमाडौँ आइपुग्नुभएका विदेश सचिव मिश्रीले परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए ।
त्यस्तै, उनले अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
भ्रमण सम्पन्न गरी विदेश सचिव मिश्री आजै काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
