काठमाडौं । आफूलाई पदबाट हटाइएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् ।
रिट लिएर केहीबेर अघि सर्वोच्च अदालतमा उनका वकिलहरू पुगेका हुन् ।
सरकारले हिजोमात्रै उनलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।
आफूमाथि अन्याय भएको भन्दै कार्की सर्वोच्च पुगेका हुन् । अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछिमात्रै उनले लिएर गएको रिट दर्ता हुने वा नहुने भन्नेबारे टुंगो हुन्छ ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले कार्कीलाई पदबाट हटाएर उक्त पदमा एआइजी मनोज केसीलाई नियुक्त गरेको थियो ।
कार्कीलाई प्रधानमन्त्री कार्यालयमा विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी उक्त पदमा पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।
