• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
शनिबार, कार्तिक २१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य

आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता

सुनचाँदीको मूल्य घट्यो

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता हुँदै

सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो

लोकप्रिय समाचार

  • १. सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो

  • २. भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने

  • ३. डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा

  • ४. सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन थापा

  • ५. स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिक पक्राउ

  • ६. आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क लाग्ने

  • ७. अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा आठ जना घाइते

  • ८. भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

  • ९. सल्यानको सामुदायिक वनको ओडारबाट पाँच नाल भरुवा बन्दुक बरामद

  • १०. सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते

भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य


  •   शनिबार, कार्तिक २१, २०८३ मा प्रकाशित
  • चितवन  । चितवनको घरजग्गा तथा निर्माण क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित भरतपुरमा तीनदिने ‘बिल्ड नेपाल एक्स्पो’ आयोजना हुने भएको छ। नारायणी जग्गा तथा आवास व्यवसायी संघ भरतपुर, चितवन, भी ग्रुप र एस वान होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म एक्स्पो सञ्चालन हुन लागेको हो।

    Advertisement

    एक्स्पोको उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। सो अवसरमा लामिछानेले भरतपुरमा जग्गाको कित्ताकाट प्रक्रिया छिट्टै खुलाउने विषयमा आश्वासनसमेत दिएको संघका अध्यक्ष बाबुराम अधिकारीले जानकारी गराए ।

    घर निर्माणदेखि घरजग्गा कारोबारसम्मका सेवा, सामग्री र लगानीका अवसरलाई एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको हो। मेलामा निर्माण सामग्री, घर तथा भवन निर्माण, आर्किटेक्चर, इन्टेरियर डिजाइन, घरजग्गा खरिद–बिक्री तथा जग्गामा लगानीका अवसरसम्बन्धी जानकारी र सेवा प्रस्तुत गरिने अपेक्षा गरिएको छ।

    चितवनमा घरजग्गा तथा निर्माण व्यवसायसँग जोडिएका व्यवसायी, लगानीकर्ता, सेवाप्रदायक र सर्वसाधारणबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्न एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।

    एक्स्पोले निर्माण तथा आवास क्षेत्रको व्यवसाय विस्तार, नयाँ लगानी आकर्षित, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, घर निर्माण गर्ने योजना बनाइरहेका सर्वसाधारणका लागि आवश्यक सामग्री, प्रविधि, डिजाइन र सेवाबारे एकै स्थानबाट जानकारी लिने अवसरसमेत मिल्नेछ।

    ‘Build Nepal Expo – Your First Step Towards Your Dream Home’ भन्ने नारासहित आयोजना हुन लागेको एक्स्पोले चितवनको घरजग्गा तथा निर्माण क्षेत्रलाई नयाँ सम्भावनासँग जोड्ने लक्ष्य राखेको छ।

    शनिबार, कार्तिक २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता
    सुनचाँदीको मूल्य घट्यो
    प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
    एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ
    आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट
    सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    लोकप्रिय

    • १.
      सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले

    • २.
      भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो

    • ३.
      डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की

    • ४.
      सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन

    • ५.
      स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक

    • ६.
      आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क लाग्ने

    भर्खरै

    • १.
      भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य

    • २.
      आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता

    • ३.
      सुनचाँदीको मूल्य घट्यो

    • ४.
      प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

    • ५.
      एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

    • ६.
      आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

    • ७.
      सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    • ८.
      प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता हुँदै

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.