पर्सा । पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर ८ वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी रहेका छन् ।
आज बिहान ८ बजे आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा बालकको छातीको बीच भागमा लागेर उनी घाइते भएका थिए ।
घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएकोमा चिकित्सकले बिहान ८:४५ बजे मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
