काठमाडौं । अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा काठमाडौंमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार टोखा नगरपालिका–१ भण्डारे क्षेत्रमा अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
सो क्रममा धादिङको सिद्धलेक गाउँपालिका–२ घर भई काठमाडौंको टोखामा बस्दै आएका ४४ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट मिसावट गरिएको भनिएको १५ बाल्टिन अर्थात् ३८४ केजी मह बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
