काठमाडौं । पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। मलेसियामा कामदार पठाउँदा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा उनी पक्राउ परेका हुन्।
गृहमन्त्रालयले अर्याल पक्राउ परेको पुष्टि गरेको छ। उनलाई कहाँबाट पक्राउ गरिएको हो भन्नेबारे भने खुलाइएको छैन।
यसअघि यही प्रकरणमा तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्।
उनीहरूमाथि ठगी तथा संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।
