काठमाडौं । स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसहित दुई जना व्यक्ति काठमाडौंको ठमेलबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित स्नोलाइन होटलमा अवैध स्रोत नखुलेको रकम लुकाइछिपाइ राखेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ५० लाख ५० हजार रुपैयाँ नेपाली नगद, ओमान रियाल र यूएई दिरामसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा चितवन घर भई काठमाडौंको ठमेल बस्ने २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
