धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित ९ जना घाइते भएका छन्।
लापाबाट बोराङतर्फ जाँदै गरेको बा.प्र.०२०३३ च ७१६९ नम्बरको बोलेरो आज राति करिब १:५५ बजे उकालो बाटोमा अनियन्त्रित भई करिब ४०० मिटर तल सडकमा खसेको हो।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ९ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको छ। घाइतेहरूलाई उपचारका लागि बोराङ स्वास्थ्य चौकी पठाइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
