काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेर २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँमा झरेको छ।
बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ र चाँदी ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।
