काठमाडौं । महोत्तरीको सम्सी गाउँपालिका–५ का २४० स्ववासी परिवारले ११ वर्षको प्रतीक्षापछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
२०७२ सालमै जग्गाको नापजाँच सम्पन्न भए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण रोकिएको थियो।
लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेसँगै अहिले २४० परिवारले जग्गाको स्वामित्व प्रमाणित गर्ने लालपुर्जा पाएका हुन्।
