काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक आज ८.६६ अङ्कले बढेर २ हजार ६४७.६१ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेन्सेटिभ परिसूचक २.०६ अङ्कले बढेर ४८४.४५ विन्दुमा कायम भएको छ।
आज विभिन्न कम्पनीका १ करोड ६५ लाख २३ हजार ९७४ कित्ता शेयर ६ अर्ब १४ करोड ६० लाख रुपैयाँभन्दा बढीमा खरिदबिक्री भएका छन्।
कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको सूचक बढेको छ भने १० उपसमूह घटेका छन्। आज १७० कम्पनीको शेयर मूल्य बढ्दा १०१ कम्पनीको घटेको छ भने आठ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज मुक्तिनाथ कृषि कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी र कालिका लघुवित्तका लगानीकर्ताले कमाएका छन्। यस्तै, उन्नति सहकार्य लघुवित्त, लक्ष्मी भ्यालु फण्ड र ओम मेगा फर्मास्युटिकल्सका लगानीकर्ताले गुमाएका छन्।
