काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ७५ रुपैयाँ कायम भएको छ।
हिजो छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ र चाँदी ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।
