रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिका–७ (साबिक हाटीबगाई–६) का १४८ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १३ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
उक्त क्षेत्रमा २०७० सालमै जग्गाको नापजाँच सम्पन्न भएको थियो। तर आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म लालपुर्जा वितरण हुन सकेको थिएन।
लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाइएपछि अहिले १४८ परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका हुन्।
