काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहबीच भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेललाई हालै सम्पन्न आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए।
भेटका क्रममा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक राजनीतिक अवस्था तथा अन्य विषयमा समेत छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।
