काठमाडौं । मलेसिया श्रमिक ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
शुक्रबार अदालतमा पेस गरिएका अर्याललाई थप अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिइएको जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाले जानकारी दिएका छन्।
मलेसिया वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्यालमाथि अनुसन्धान गरिरहेको छ।
भारतमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो। यस प्रकरणमा दुई पूर्वमन्त्रीसहित १० जना पक्राउ परिसकेका छन्।
