• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु, प्रहार गर्ने व्यक्ति नियन्त्रणमा

बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड ५६ लाख रुपैयाँको क्षति

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

लोकप्रिय समाचार

  • १. धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

  • २. बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड ५६ लाख रुपैयाँको क्षति

  • ३. रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु, प्रहार गर्ने व्यक्ति नियन्त्रणमा

बोष्टन कलेजमा “डेमो डे – उद्यमी विकास कार्यक्रम ४” सम्पन्न


  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित
  • चितवन: बोष्टन ईन्टरनेशनल कलेजको, ईन्क्युवेसन विभाग, बिआईसी स्टार्टअप्सद्वारा ‘डेमो डे – उद्यमी विकास कार्यक्रम ४”’ नामक कार्यक्रम सम्पन्न भएको छ। पुष ८ गते शुक्रबार दिउँसोको २:०० बजेदेखि सुरु भएको कार्यक्रम ४:०० बजे सम्पन्न भएको थियो। चितवनका प्रतिष्ठित उद्योगी व्यवसायी, उद्यमी, शैक्षिक संस्था एवम् व्यवसायी संगठनका प्रतिनिधिहरु, लतायतका व्यक्तित्वहरु सम्मलित कार्यक्रममा ईन्क्युवेसन विभागका ४ वटा सहभागी टिमहरुले आफ्नो उद्यमशील व्यवसायको प्रस्तुति दिएका थिए।

    Advertisement

    चितवनलाई नेपालमा उद्यमशील शहरका रूपमा स्थापना गर्ने लक्ष्यका साथ काम गरिरहेको बिआईसी स्टार्टअप्सले यस कार्यक्रम मार्फत करिब २४ घण्टाको उद्यमशीलता तालिम र ८ घण्टाको मेन्टरीङ् सहयोग गरी तयार भएका उद्यमीहरुलाई सार्वजनिक गरेको हो। पहिलो कोहर्टमा ५ वटा, दोस्रो कोहर्टमा ६ वटा, र तेस्रो कोहर्टका ५ वटा व्यवसायलाई उद्यमशील बनाउन सफल भएको यस विभागले चौथो कोहर्टमा चार: वृक्ष ओर्ग्यानिक्स, गृह सेवा, वेबमार्ट, र फिल्म फ्लो क्रयसन गरी ४ टिमलाई निरन्तर रुपमा तालिम, परामर्श एवम् अन्य तरिकाहरुबाट सहयोग प्रदान गर्दे आएको थियो।यस बाहेक थप चारवटा टिमहरु पनि तालिममा सहभागि थि‍ए यद्यपि व्यावसायिक प्रस्तुति भने गर्न सकेनन्।

    सहभागी चार उद्यमी टिमहरु मध्ये दुईवटा टिम बिउ पुँजी प्राप्त गर्न सफल भए। दुई लाख रुपैयाँ सम्मको “बिउ पुँजी” प्राप्त गर्नको लागी योग्य साबित हुने टिम हुन्: वृक्ष ओर्ग्यानिक्स र गृह सेवा। यी दुई टिमले बोष्टन कलेजले दिने बिउ पुँजीको लागी यस कार्यक्रम मार्फत प्रतिबद्धता पाएका छन्।

    कार्यक्रममा निर्णायकको भुमिकामा शहीद स्मृति बहुमुखी क्याम्पसका बिजनेस इन्क्युबेशन एण्ड आन्टरप्रेन्योरशिप सपोर्ट कार्यक्रम प्रमुख सागर तिवारी, उपयाको मार्केटिङ एण्ड बिजनेस डेभलपमेन्ट नेतृ उत्साह खकुरेल र नेपाली युवा उद्यमी मञ्चका स्टार्टअप अध्यक्ष दिलीप पौडेल रहेका थिए।साथै कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्यहरु – विशेषगरी हेटौँडा स्कुल अफ म्यानेजमेन्ट र बालकुमारी कलेजका प्राध्यापकहरु पनि उपस्थित हुनुहुन्थ्यो। नेपाली युवा उद्यमी मञ्चका चितवन च्याप्टरका सभापति विकल दाहालले पनि सो कार्यक्रममा सहभागिहरुको प्रस्तुति अवलोकन गर्नुभएको थियो। सम्पूर्ण उपस्थित विशिष्ट व्यक्तित्वहरुले युवा उद्यमीहरुलाई प्रेरणा दिदै अझ प्रतिबद्ध भएर लाग्न हौसला एवम् सफलताको शुभकामना पनि दिनुभएको थियो।

    बिआ‌ईसी स्टार्टअप्सले विगत ४ वर्षदेखि सञ्चालन गरिरहेको उद्यमी विकास कार्यक्रमको एक झलक प्रस्तुत गर्दै विभागिय प्रमुखको रुपमा कार्यरत प्रेम गैरेले विगतमा २१ वटा स्टार्टअप्सलाई तालिम एवम् सहयोग गर्न सफल रहेको र त्यसमध्ये ४ वटा टिमलाई ८ लाख रुपैयाँ बिउ पुँजी लगानी गरेको पनि जानकारी दिनुभयो। बिउ पुँजी लगानी गरेको मध्ये २ वटा टिमले पुँजी फिर्ता गर्न पनि सुरु गरिसकेको पनि अवगत गराउनुभयो। चितवनलाई उद्यमशीलताको केन्द्र बनाउने दीर्घकालीन सोच एवम् रणनैतिक योजना अनुरुप काम गरिरहेको बोष्टनले ‘भिजन २०२७” नामक पञ्चवर्षिय योजना अन्तर्गत रु १ करोडको बिउँ पुजी निर्माण गर्ने लक्ष्यमा प्रतिबद्ध भई काम गरेको र विश्वविद्यालय अनुदान आयोगको ‘उद्यमशीलता सहायता कार्यक्रम’ (Entrepreneurship Support Program) अनुदानको लागि पनि छनोट भएकाले उक्त लक्ष्य हासिल गर्नलाइ अझै हौसला मिलेको पनि बताउनु भयो।

    आइतबार, पुष ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु, प्रहार गर्ने व्यक्ति नियन्त्रणमा
    बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड ५६ लाख रुपैयाँको क्षति
    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    लोकप्रिय

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ

    • २.
      बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड

    • ३.
      रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको

    भर्खरै

    • १.
      रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु, प्रहार गर्ने व्यक्ति नियन्त्रणमा

    • २.
      बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड ५६ लाख रुपैयाँको क्षति

    • ३.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • ४.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ६.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ७.
      सुनचाँदीको मूल्य बढ्यो

    • ८.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.