काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ९३० रुपैयाँ निर्धारण गरिएको छ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार ९८० रुपैयाँ रहेको थियो।
