• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

भारी हिमपातमा डोल्पामा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार

सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन थापा

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने

सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो

अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा आठ जना घाइते

आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क लाग्ने

भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

देउवा समूहको १५औँ महाधिवेशन खुलामञ्चमा हुने

लोकप्रिय समाचार

  • १. सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

  • २. कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • ३. पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

  • ४. गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रुपैयाँसहित चार जना पक्राउ

  • ५. कञ्चनपुरमा ४ किलोभन्दा बढी अवैध लागूऔषध चरेस बरामद, एक जना पक्राउ

  • ६. धादिङमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना पक्राउ

  • ७. चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए, ११ जना घाइते 

  • ८. सुनचाँदीको मूल्य घट्यो

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो

अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा आठ जना घाइते


  •   आइतबार, कार्तिक १५, २०८३ मा प्रकाशित
  • नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ ।

    Advertisement

    आइतबार बिहान करिब ५ः४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट हुँदा अचानक आगलागी भएको हो । प्रत्येक भट्टीको क्षमता २५ टन रहेको बताइएको छ ।

    आगलागीमा परी बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको थियो ।

    घाइते हुनेमा बाँकेको जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार, २२ वर्षीय रामदिन हरिजन, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव रहेका छन् ।

    त्यस्तै, भारतको बहराइच जिल्लाको कठौतियाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिव कुमार निषाद र २५ वर्षीय विनोद कुमार निषाद घाइते भएका छन् । उनीहरूमध्ये शिवप्रसाद चमार र रामदिन हरिजनलाई बिहान ८ः४५ बजे थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ ।

    आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

    नेपालगञ्ज उपमहानगरपालिकाका दुईवटा र कोहलपुर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

    आगलागीबाट भएको अन्य भौतिक तथा आर्थिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    आइतबार, कार्तिक १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी हिमपातमा डोल्पामा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार
    सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन थापा
    भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन
    भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने
    सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो
    आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क लाग्ने

    लोकप्रिय

    • १.
      सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी

    • २.
      कात्तिक १३ र १४ गते भारी वर्षाको

    • ३.
      पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते,

    • ४.
      गेस्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र

    • ५.
      कञ्चनपुरमा ४ किलोभन्दा बढी अवैध लागूऔषध चरेस

    • ६.
      धादिङमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना

    भर्खरै

    • १.
      भारी हिमपातमा डोल्पामा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार

    • २.
      सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन थापा

    • ३.
      भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

    • ४.
      भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने

    • ५.
      सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो

    • ६.
      अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा आठ जना घाइते

    • ७.
      आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क लाग्ने

    • ८.
      भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.