सल्यान । सल्यानको बनगार्ड कुपिण्डे नगरपालिका–७ स्थित गोटीखोला सामुदायिक वनको ओडारमा लुकाइछिपाइ राखिएका पाँच नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
२०८३ कात्तिक १६ गते दिउँसो करिब १२:४५ बजे भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उक्त बन्दुक फेला पारेको हो ।
बरामद गरिएका पाँच नाल भरुवा बन्दुकको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
