काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य एकैदिन तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर ३ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
