काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १२० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला ३ हजार १९५ रुपैयाँ कायम भएको छ।
यसअघि हिजो छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ र चाँदी ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।
