चितवन, मिति २०८३ बैशाख ०५ गते यश भू.पू. सैनिक ६/८ गोर्खा राईफल संगठनको चौथो अधिवेशन शनिबार डल्फिन रिसोर्ट परिसरमा भव्यरुपमा सम्पन्न भएको छ। अधिवेशनले पुनः क्याप्टेन बिमल कुमार लामा लाई भू.पू. सैनिक ६/८ गोर्खा राईफल संगठनमा सर्वसम्मत रुपमा अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति घोषणा गरेको छ।
कार्यक्रममा उपस्थित सम्पूर्ण नाघुन भू.पू. सैनिक परिवारलाई सम्बोधन गर्दै अध्यक्षमा निर्वाचित भएका क्याप्टेन बिमल कुमार लामाले आफूलाई दोस्रोपटक नेतृत्व गर्ने अवसर दिएकोमा हार्दिक आभार व्यक्त गरे। उनले भने, “यो पद मेरो व्यक्तिगत जित मात्र नभइ, हाम्रो संगठन सामूहिक भावनाको अभिव्यक्ति हो। तपाईँहरूले दिएको यो विश्वासलाई कहिल्यै भंग हुन दिने छैन।”
उहाँले आफ्नो पहिलो कार्यकालमा पारदर्शी काम र सहकार्यको आधारमा यश संगठन लाई अघि बढाइएको स्मरण गर्दै दोस्रो कार्यकालमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाए। “तपाईँहरूको अटुट विश्वास र अमूल्य सहयोग नै मेरो प्रेरणाको स्रोत हो। हातेमालो गर्दै हाम्रो यश पबित्र भू.पू. संगठनलाई समुन्नति र उज्ज्वल भविष्यका लागि अघि बढ्नेछौँ,” लामाले थपे।
अधिवेशनले आगामी कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति चयन गरेको छः
१) अध्यक्ष –क्याप्टेन बिमल कुमार लामा
२) उपाध्यक्ष – क्याप्टेन चन्द्र बहादुर थापा
३) सचिव – हवल्दार रामजी ठकुरी
४) कोषाध्यक्ष – हवल्दार प्रभु नारायण श्रेष्ठ
५) सह–सचिव – सुबेदार किशोर गुरुङ
६) सदस्य – क्याप्टेन टक बहादुर बुडाथोकि
७) सदस्य –ना.सुबेदार तेज बहादुर गुरुङ
८) हवल्दार – बिष्णु कुमार श्रेष्ठ
९) सदस्य – हवल्दार भोज बहादुर घर्ती
१०) सदस्य – हवल्दार प्रेम पौडेल
११) सदस्य – हवल्दार हरि बहादुर थापा
१२) सदस्य – नायक बल बहादुर क्षेत्री
१३) सदस्य – नायक रत्न बहादुर छन्टेल
उपस्थित नाघुन भू.पू. परिवारले नयाँ नेतृत्वलाई बधाई दिँदै भू.पू. संगठनलाई एकता, बलियो र पारदर्शिता रुपले भू.पू.को समस्यालाई समाधानमा सक्रिय भूमिका खेल्न सुझाव दिए।
यश भू.पू. संगठनले भू.पू. परिवार भित्र भई परि आउने समस्या हरु लाई यश संगठनले समाधान गर्दै आएको कुरा पनि बताउनु भयौं। र अझै प्रभावकारी ढङ्गले यस नयाँ कार्यसमितिबाट यस्तै निरन्तरता रहने अपेक्षा गरिएको छ।
अध्यक्ष क्याप्टेन बिमल कुमार लामा ज्यूको शब्दमा, सम्पूर्ण नाघुन परिवार बाट यसै गरि निरन्तर साथ ,सहयोग र सुझाव ले मात्र हाम्रो भू.पू. संगठन मजबुत रहनेछ भन्दै बताउनु भयौं।
