‘बोलिदेउ’ अब युट्युबमा सार्वजनिक, दर्शकमाझ उत्साह
काठमाडौं । साईराम पिक्चर्सको प्रस्तुतिमा निर्माण गरिएको नयाँ नेपाली म्युजिक भिडियो ‘बोलिदेउ’ युट्युबमार्फत सार्वजनिक भएकोछ। चर्चित कलाकार नबिन श्रेष्ठ मगर, सरिना मोक्तान र पदम सिंहको अभिनय रहेको भिडियोले दर्शकमाझ उत्सुकता जगाएको छ।
गीतमा गायक मिलन नेवार र सुमन केसीको स्वर रहेको छ भने गीतका शब्द सुरज गैरे (बिबश) ले लेखेका हुन्। संगीत संयोजनसन्तोष कुमार मिक्सले गरेका छन्।
भिडियोलाई बिशाल कैनीले निर्देशन गरेका हुन्। छायांकन मिलन थापा (सनीता) ले गरेका छन् भने सम्पादन दिनपारी क्रिएसनलेगरेको हो। कलर संयोजन मिन रावलले गरेका छन्।
पहाडी प्राकृतिक दृश्य र पारिवारिक कथावस्तुमा आधारित भिडियोले प्रेम, सम्बन्ध र भावनात्मक पक्षलाई प्रस्तुत गरेको निर्माण पक्षलेजनाएको छ। म्युजिक भिडियोमा बाल कलाकारको समेत अभिनय देख्न सकिन्छ।
‘बोलिदेउ’ युट्युबमा सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि दर्शकहरूको सकारात्मक प्रतिक्रिया आउन थालेको छ। नेपालीसंगीतप्रेमीहरूले गीतको शब्द, संगीत तथा दृश्य प्रस्तुतिको प्रशंसा गरिरहेका छन्।
