• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता हुँदै

सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो

जलबिरे झरना हेरेर फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ डार्ट गरेर नियन्त्रणमा

लोकप्रिय समाचार

  • १. सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो

  • २. देउवा समूहको १५औँ महाधिवेशन खुलामञ्चमा हुने

  • ३. सुनचाँदीको मूल्य घट्यो

  • ४. सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन थापा

  • ५. डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा

  • ६. भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने

  • ७. भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

  • ८. स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिक पक्राउ

  • ९. अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा आठ जना घाइते

  • १०. सोलुखुम्बुको होटल गुडलकमा आगलागी

केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने


  •   मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
  • काठमाडौं । खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड केल्मी नेपालले रसुवा बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा सहयोग कार्यक्रम घोषणा गरेको छ।

    Advertisement

    कम्पनीले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरिसकेको जनाएको छ।

    त्यसैगरी, केल्मी नेपालले आगामी १५ दिनभित्र रसुवा र नुवाकोटमा करिब डेढ करोड रुपैयाँ बराबरका नयाँ कपडा समावेश गरी ‘क्लोथ बैंक’ सञ्चालन गर्ने भएको छ। क्लोथ बैंकमार्फत उपलब्ध गराइने नयाँ कपडा विपद्बाट प्रभावित नागरिकलाई पूर्ण रूपमा निःशुल्क वितरण गरिने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार राहत सामग्री प्रत्यक्ष रूपमा वितरण गर्नुभन्दा नेपाल सरकारले तयार पारेको प्रभावित व्यक्ति तथा परिवारको आधिकारिक सूचीका आधारमा वास्तविक पीडितसम्म सहयोग पुर्‍याउने व्यवस्था गरिनेछ।

    राहत वितरणमा पारदर्शिता कायम गर्दै वास्तविक प्रभावित व्यक्ति तथा परिवारले प्राथमिकताका आधारमा सहयोग प्राप्त गर्ने सुनिश्चितताका लागि सरकारको आधिकारिक सूचीलाई आधार बनाइने केल्मी नेपालले जनाएको छ।

    केल्मी नेपालले विगतमा पनि विभिन्न प्राकृतिक विपत्ति तथा अप्ठ्यारो परिस्थितिमा सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा सहयोग गर्दै आएको छ। यसपटक पनि विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक दायित्वलाई प्राथमिकतामा राख्दै राहत तथा सहयोग कार्यक्रम अघि बढाइएको कम्पनीको भनाइ छ।

    यसैबीच, बाढीका कारण नुवाकोटको त्रिशूलीस्थित केल्मीको सोरुम पूर्ण रूपमा क्षति भएको कम्पनीले जनाएको छ। सोरुम क्षतिग्रस्त भएपछि केल्मी नेपालले विदुर वा आसपासको क्षेत्रमा नयाँ सोरुम विस्तार गर्ने तयारी समेत अघि बढाएको छ।

    केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनु कम्पनीको सामाजिक दायित्व भएको बताए।

    मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
    एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ
    आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट
    सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
    प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता हुँदै
    सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो

    लोकप्रिय

    • १.
      सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले

    • २.
      देउवा समूहको १५औँ महाधिवेशन खुलामञ्चमा हुने

    • ३.
      सुनचाँदीको मूल्य घट्यो

    • ४.
      सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन

    • ५.
      डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की

    • ६.
      भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो

    भर्खरै

    • १.
      प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

    • २.
      एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

    • ३.
      आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

    • ४.
      सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    • ५.
      प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता हुँदै

    • ६.
      सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो

    • ७.
      जलबिरे झरना हेरेर फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

    • ८.
      डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.