• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता हुँदै

सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो

जलबिरे झरना हेरेर फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ डार्ट गरेर नियन्त्रणमा

लोकप्रिय समाचार

  • १. सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो

  • २. देउवा समूहको १५औँ महाधिवेशन खुलामञ्चमा हुने

  • ३. सुनचाँदीको मूल्य घट्यो

  • ४. सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन थापा

  • ५. डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा

  • ६. भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने

  • ७. भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

  • ८. स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिक पक्राउ

  • ९. अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा आठ जना घाइते

  • १०. सोलुखुम्बुको होटल गुडलकमा आगलागी

१९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने


  •   सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
  • काठमाडौं, जेठ २५ । सेवा र विकासका लागि युवाले देशका १९ जिल्लाका करिब तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ। संस्थाले आइतबार पत्रकार सम्मेलनमार्फत “शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८३” सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।
    संस्थाका अनुसार पाँचथर, धनकुटा, ओखलढुंगा, सोलुखुम्बु, सिराहा, महोत्तरी, काठमाडौं, धादिङ, गोरखा, मनाङ, कास्की, पाल्पा, गुल्मी, कपिलवस्तु, पूर्वी रुकुम, दैलेख, कालिकोट तथा दार्चुला जिल्लामा अध्ययनरत गरिब, जेहेन्दार तथा आवश्यकता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिनेछ।

    Advertisement

    कार्यक्रमअन्तर्गत गुरुकुल, गुम्बा तथा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला, कापी, कलम, अङ्ग्रेजी बोलचाल पुस्तक, प्रज्ञा वृहत् नेपाली शब्दकोश, क्याप लगायतका सामग्री प्रदान गरिने जनाइएको छ।
    २०७५ साल फाल्गुन १५ गते चितवनमा स्थापना भएको सेवा र विकासका लागि युवा सामाजिक तथा सेवामूलक संस्था हो। संस्थाले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    हालसम्म देशका करिब ५० जिल्लामा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति सहयोग, विपद्का समयमा राहत तथा उद्धार कार्य, विद्यालय भवन निर्माण, कपडा बैंक सञ्चालन, सरसफाइ अभियान तथा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिसकेको संस्थाले जनाएको छ।

    पत्रकार सम्मेलनमा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष डा. देवेन्द्र कण्डेलले विद्यार्थी राष्ट्रका वर्तमान र भविष्य भएकाले उनीहरूको शैक्षिक विकासमा सहयोग पुर्‍याउनु सबैको साझा दायित्व भएको बताए। उनले दुर्गम तथा आवश्यकता भएका क्षेत्रका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए।

    संस्थाका अनुसार उक्त शैक्षिक सामग्री भारतको सहयोगमा प्राप्त भएको हो। भारतले नेपालको शिक्षा क्षेत्रमा छात्रवृत्ति, विद्यालय तथा क्याम्पस भवन निर्माण, पुस्तकालय स्थापना, छात्रावास निर्माण तथा विद्यालय बस उपलब्ध गराउनेलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। सेवा र विकासका लागि युवाले उक्त सहयोगका लागि भारत सरकार तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।

    सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
    एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ
    आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट
    सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
    प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता हुँदै
    सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो

    लोकप्रिय

    • १.
      सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले

    • २.
      देउवा समूहको १५औँ महाधिवेशन खुलामञ्चमा हुने

    • ३.
      सुनचाँदीको मूल्य घट्यो

    • ४.
      सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन

    • ५.
      डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की

    • ६.
      भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो

    भर्खरै

    • १.
      प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

    • २.
      एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

    • ३.
      आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

    • ४.
      सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    • ५.
      प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता हुँदै

    • ६.
      सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो

    • ७.
      जलबिरे झरना हेरेर फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

    • ८.
      डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.