काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि प्रतितोला २६५ रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ९२० रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँ र चाँदी तीन हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो । यससँगै एकैदिन दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ ।
