काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरबहादुर देउवा नेतृत्वको सरकार एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको अडानका कारण टिकेको बताएका छन् ।
शनिवार पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले सो कुरा बताएका हुन् । उनले सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने भन्दै माधव नेपाल दरो रुपमा उभिएको हुनाले सरकार कारण टिकेको बताए ।
‘अहिलेको सरकार माधव कमरेडको कारण टिकेको छ’ उनले भने – ‘उहाँ दरो रुपमा उभिएको हुनाले मात्रै हाम्रो बहुमत पुगेको छ, तर सरकार जतिबेला पनि अल्पमतमा पर्नसक्छ ।’
प्रतिगमनको खतरा अहिले पनि जीवितै रहेको बताउदै प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्ने शक्तिले गठबन्धनलाई भत्काउन खोजेको बताए ।
