काठमाडौं – सरकारले बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई राहत दिने भएको छ । बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले बाढीपहिरोमा एकजना गुमाएका परिवारलाई दुई लाख, दुईजना वा त्यसभन्दा बढी गुमाएका परिवारलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
उक्त बैठकले हालैका दिनमा प्राकृतिक प्रकोपबाट भएको मानवीय क्षतिको विश्लेषण गर्दै राहत दिने निर्णय गरेको हो ।
बैठकले बाढीपहिरोले जमिन गुमाएकालाई जमिन उपलब्ध गराउने र घर पूर्णरूपमा क्षति भएकालाई हिमाली क्षेत्रमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ दिने निर्णय गरेको जनाइएको छ ।
