• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • १०. सुनचाँदीको मूल्य बढ्यो

किसानलाई बेमौसमी बर्षाले डुवाएको धान बाली स्याहार्ने चटारो


  •   मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
  • मुख्य चाडपर्वको मुखमा महोत्तरीका किसानलाई बाली स्याहार्ने चटारो छ । दीपावली र छठजस्ता मुख्य पर्वको मुखमा यहाँका किसानलाई लाग्दो कात्तिकको बेमौसमी वर्षाले डुबाएको र लडाएको धान स्याहार्ने चटारो परेको हो ।

    Advertisement

    लाग्दो कात्तिकमै कतिले धान काटेर खेतमै पसी (निहिन, धान काटेर सुकाउने प्रयोजनका लागि खेतमै फिजाइने काम) सुकाएका थिए । धेरैजसो अब धान काट्नुपर्छ भन्ने तयारी गरिरहेकै बेला बेमौसमी वर्षा भएको थियो । सो वर्षाले पसी डुबाएको र काट्न बाँकी धान लडाएपछि अहिले किसान त्यही बाली स्याहार्न रातदिन नभनी जुटेका छन् ।

    “चाडपर्व मुखमा छन्, केही गर्न पाइएको छैन, मुखमा आएको बाली नोक्सान भएर असरल्ल छ”, जहान परिवार सबै लडेका धानका बोट उठाउन तल्लिन रहेबीच भङ्गाहा नगरपालिका–४ पलारका ७५ वर्षीय किसान चौठी बाँतरले भन्नुभयो, “वर्षभरि जहान परिवार पाल्ने अन्न स्याहार्नै प¥यो ।” बेमौसमी वर्षाले तरकारी बालीमा पनि क्षति गरे पनि धानको नोक्सानीले भने मन थाम्न नसकिएको बाँतरको भनाइ छ ।

    दीपावली पर्व लाग्न एक सातामात्र बाँकी छँदा त्यसको तयारीमा लाग्न नपाइएको यहाँका आम किसान बताउँछन् । “दीपवली त अब एक सातामै आइहाल्छ, बस् त्यसको चार÷पाँच दिनमै छठ हुन्छ”, बलवा नगरपालिका भगवतीपुरका गरिब किसान उत्तिम माझी मुसहर भन्नुहुन्छ, “हामीलाई बाली स्याहार्नकै धमाधम छ ।”

    लाग्दो कात्तिकको बेमौसमी वर्षाले जिल्लामा धानबालीमा निकै क्षति गरेको छ । हालसम्म प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लामा करिब १०० हेक्टर क्षेत्रफलको धानबालीमा क्षति भएको जिल्लास्थित कृषि ज्ञान केन्द्र महोत्तरीको कार्यालय जलेश्वरले जनाएको छ ।

    जिल्लामा यसपालि ४६ हजार हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको कार्यालयको तथ्याङ्क छ । जिल्लाका १५ स्थानीयतह (नगरपालिका÷गाउँपालिका) मध्ये हालसम्म छवटा बाट मात्र क्षतिको विवरण आएको कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका प्रमुख रामचन्द्र यादवले जानकारी दिनुभयो । “विवरण सङ्कलन र प्राप्त हुने क्रम छ”, यादवले भन्नुभयो, “कृषिक्षेत्र (कृषिसम्वद्ध कार्यालय), स्थानीय तह र प्रहरी जनशक्तिले विवरण सङ्कलन गरिरहेका छन् ।” अहिलेसम्म सोनामा, महोत्तरी, एकडारा गाउँपालिका र भङ्गाहा, लोहारपट्टी र बर्दिबास नगरपालिकाबाट मात्र क्षतिको विवरण प्राप्त भएको कार्यालयले जनाएको छ । हालसम्मको विवरणअनुसार सबैभन्दा बढी भङ्गाहा नगरपालिका क्षेत्रमा ६० हेक्टरको धानबाली नोक्सान भएको यादवले जानकारी दिनुभयो । बेमौसमी वर्षाका कारण १५ हजार किसानले धानबालीको नोक्सानी खेप्नुपरेको अहिलेसम्मको तथ्याङ्क छ ।

    चाडपर्वको मुखमा भएको बाली क्षतिले यहाँ पर्वको उल्लास आउन सकेको छैन । यसैबीच प्रदेश नं २ सरकारले बाली क्षति भएका किसानलाई राहत दिने बताएको छ । यद्यपि सरकारी घोषणाको राहत के, कसले, कसरी र कहिले पाउने भन्ने टुङ्गो नभएको किसान विरक्तिँदै बताउँछन् ।

    “हामीलाई एक–दुई किलो अन्न, नुन र चिनीका पोका बाँडेर दुखः धानिदैन”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका किसान कारी महतो भन्नुहुन्छ, “अब गरिने खेतीका लागि मलखाद, बीउ, प्रविधि र सुलभ ऋण पाए उक्सिन मद्दत हुन्छ ।” धानबाली स्याहार्न, बालीको वैज्ञानिक व्यवस्थापन गर्न (धान उसिन्न, कुटाउन, भिजेको/डुबेको धान उसिना गरेर चामल बनाउन सकिने विज्ञको भनाइ छ) र अब लगाइने गहुँलगायत हिउँदे बालीमा सहयोग आपूmहरुका लागि राहत हुने किसान बताउँछन् ।

    मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.