• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनचाँदीको मूल्य बढ्यो

किन बन्द भयो मुन्द्रेको कमेडी क्लब?


  •   मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
  • हास्यकलाकार जीतु नेपालले सञ्चालन र निर्देशन गर्दै आएको कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि बन्द भएको छ।

    Advertisement

    प्रत्येक सोमबार नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको शोमा कलाकारको तालमेल अभावले कार्यक्रम बन्द गर्नुपरेको सञ्चालक जितु नेपाल मुन्द्रेले जानकारी दिए।

    शो निर्माण गरिरहेको कम्पनी ‘कि एडभर्टाइजिङ’ ले आफूसँग कुनै सल्लाह नगरि फूलन्देकी आमा (उमेश राई) लाई प्रस्तोता बनाएर अर्को टेलिभिजन शो गर्ने घोषणा गरेपछि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्ने निर्णय लिएको सोमबार पत्रकार सम्मेलन गर्दै सञ्चालक नेपालले बताए।

    पछिल्लो समय रियालिटी शोहरू करिब २६–२७ भागमै सकिँदो रहेछ। तर आफूहरूले धेरै दुःख गरेर जसोतसो अहिलेसम्म ल्याएको भन्दै कलाकार नेपालले टिमवर्कमा गडबडी भएकाले बन्द गर्ने बहाना मिलेको बताए।

    ‘हामीले मुन्द्रेको कमेडी क्लब बन्द गर्ने निर्णय गरेका छौँ । अब दर्शकसँग अर्को कुनै कार्यक्रममा भेट हुनेछ,’ नेपालले पत्रकार सम्मेलनमा भने, ‘कसैका कारणले भन्दा पनि हामी आफैँले बन्द गर्ने निर्णय गरेका हौँ । दोष कसैलाई दिन चाहन्नौं ।’

    कि एभरटाइजमेन्ट एजेन्सीले निर्माण गर्दै आएको यो कार्यक्रमबाट ‘फुलन्देकी आमा’ को भूमिका निर्वाह गर्दै आएका राई केही समय अघिनै बाहिरिइसकेका छन्। तर, जितुले एक कलाकारले छाड्दैमा कारण कार्यक्रम बन्द गर्नुपर्ने अवस्था नहुने जिकिर गरे।

    उमेश राईले छोडेर कार्यक्रम बन्द गर्नु परेको होइन, कलाकार अर्को लिएर पनि कार्यक्रम गर्न सकिन्थ्यो तर निर्माण एजेन्सीले सल्लाह नगरी कार्यक्रमको कलाकार निकालेर अर्को टेलिभिजन कार्यक्रम बनाएपछि बाध्य भएर बन्द गर्नुपरेको उनले दाबी गरे।

    ‘जुन एजेन्सीले मुन्द्रेको कमेडी क्लब निर्माण गरिरहेको थियो। त्यही एजेन्सीले आफूसँग सल्लाह नै नगरी उमेशलाई अनुबन्ध गराएर अर्को कार्यक्रम गर्ने भएपछि मैले कार्यक्रम बन्द गर्ने निर्णय गरेँ’, उनले भने।

    मुन्द्रेको कमेडी क्लबमा चर्चित पात्र ‘फुलन्देकी आमा’ (उमेश राई) यही भूमिकामा अब डान्स रियालिटी सो ‘डान्स च्याम्पियनसिप’को होस्ट बन्ने भएका हुन्।

    करिब ३०–४० जनाले रोजगारी पाएको कार्यक्रम बन्द गर्नुपर्दा आफूलाई पनि दुःख लागेको उनले पत्रकारसमक्ष बताए।
    ‘मुन्द्रेको कमेडी क्लबले ५०/६० जनालाई रोजगारी दिइरहेको थियो। बिचमै बन्द गर्नुपर्दा दुःख लागेको छ। तर आफूले यो घटनाबाट विश्वासमा नभई सम्झौतामा काम गर्नुपर्ने पाठ सिकेको छु’, उनले भने, ‘मैले जानीनजानी धेरै दु:ख गरेर करिब २ वर्ष अगाडि मुन्द्रेको कमेडी क्लब ल्याएको थिएँ । दर्शकले रुचाइदिनु भयो। मुन्द्रेको कमेडी क्लब’ को पहिलो सिजन ७६ भागसम्म प्रशारणमा आएको थियो। दोस्रो सिजन ५६ भागसम्म प्रशारणमा आयो।’

    यहीँ फर्म्याटमा नभए पनि विज्ञापन र टेलिभिजनबीच सहकार्य भए फेरि आउनसक्ने उनले बताए। ‘अर्को नयाँ तरिकाले आउन त आउँछ। तर विज्ञापन, हामी र टेलिभिजनबीच सहकार्य हुनुपर्छ’, उनले भने।

    शो बन्द भएपछि आफू डाक्टर कपिल रिजालको निर्माण निर्देशनमा बन्न लागेको फिल्ममा आवद्ध भएको जानकारी दिए। ‘साम्राज्ञीसँग खेल्नका लागि डाक्टर कपिल रिजालले निर्माण र निर्देशन गर्न लागेको फिल्ममा आवद्ध भइसकेको छु, आगामी मंसिर १५ बाट सुटिङ सुरू हुन्छ,’ उनले भने।

    यसबाहेक आफ्नो नयाँ टेलिसिरियल बनाउने योजनासमेत रहेको नेपालले सुनाए।

    ‘राजनीतिक विषय बस्तुलाई व्यङ्ग्यात्मक तरिकाले सिरियल बनाउने योजनामा छु, केही समय पछि सुरू गर्छु होला’, उनले भने।

    यस्तै शोमा अध्यक्षको भूमिकामा देखिँदै आएकी अभिनेत्री करिश्मा मानन्धरले पनि शो बन्द गर्नुपर्दा आफूलाई दुःख लागेको बताइन्।

    शोले आफूलाई चलचित्रले चिनाउन नसकेको दर्शकसम्म पनि पुर्‍याएको भन्दै उनले मिहेनत गरेर दर्शकले रूचाएको यो कार्यक्रम यसरी रोकिनु राम्रो नभएको बताइन्।

    उनले जीतुले यो शो बन्द गरे पनि अर्को जुनै काममा आफूलाई सम्झिए साथ दिन तयार रहेको जानकारी दिइन्।

    शोमा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई ‘फुलन्देकी आमा’ लगायतका कलाकारको प्रस्तुति रहँदै आएको थियो।

    मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.