• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • १०. सुनचाँदीको मूल्य बढ्यो

चार वर्षदेखि काठमाडौंको सडक विस्तार ठप्प , मुआब्जा समस्या


  •   शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
  • काठमाडौं जिल्लामा २०७४ सालबाट रोकिएको सडक विस्तारको काम अझै सुरु हुन सकेको छैन । तर त्यसअघि शुरू भएका काठमाडौंका विभिन्न १२ वटा सडकको २५३.३९ किमी लम्बाई विस्तार भएको छ ।
    सडक विस्तार कार्यक्रम सुरु गर्दा सुरुमा तिब्रता पाए पनि त्यसपछिका वर्षमा भने विस्तार कार्यले तिब्रता पाउन सकेको छैन । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा आ.व २०६८/६९ सालबाट सुरु भएको सडक विस्तारको काम आ.व २०७४/७५ बाट नै रोकिएको छ । सडक विस्तारका विषयमा सर्वोच्च अदालतमा सडक विस्तारविरुद्व मुद्दा परेपछि काम रोकिएको थियो । पछि सर्वोच्चले उक्त मुद्दामा फैसला सुनाउँदै जग्गाधनीलाई मुआब्जा उपलब्ध गराई सडक विस्तार गर्न सकिने जनायो । तर मुआब्जा उपलब्ध गराई विस्तार गर्न बजेटले नै नपुग्ने हुँदा काम रोकिएको काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौंका प्रमुख आयुक्त दिनेशकृष्ण पोतेले बताउनुभयो । ‘फैसलाअनुसार क्षतिपूर्ति दिन हामीसँग कुनै बजेट नै पुग्दैन,पहिले भन्दा अहिले धेरै रकम दिनुपर्छ त्यो अहिले दिन सकिने अवस्था नै छैन,पोतेले भन्नुभयो ‘क्षतिपूर्तिमा नै कम बजेट आउँछ ,कसरी क्षतिपूर्ति दिनु।’ टोलका मानिस सबैको सहमतिमा सडक विस्तार गरिदिन आग्रह गरे मात्र प्राधिकरणले विस्तार गर्ने अवस्था भएको उहाँले सुनाउनुभयो । ‘गतसाल १० लाख आएको थियो तर क्षतिपूर्ति ४०/५० करोड तिर्नुपर्छ साह्रै समस्या छ,’ पोतेले भन्नुभयो ।
    काठमाडौं जिल्लाभित्र रहेका सडकमध्ये महाराजगञ्ज चोकदेखि पश्चिम तर्फ(रिङरोड),चाबहिल चोक देखि मेडिकेयर अस्पतालसम्म र एयरपोर्ट गोल्डेनगेट अगाडिसम्मको सडको चौडाइ ६२ मिटर तोकिएको छ ।
    यस्तै माइतीघरदेखि तीनकुनेसम्म ५० मिटर, लैनचौर दुग्ध विकास संस्थानदेखि मल्ल होटलसम्म, चक्रपथ बालाजु बाइपास क्षेत्र ,कृष्ण पाउरोटी चोकदेखि रातो पुलसम्म, कालीमाटी चोकदेखि बल्खुचोक हुँदै टीयू गेटसम्म र खानी विभागदेखि लाजिम्पाट हुँदै महाराजगञज चोक, गोल्फुटार चोक बूढानीलकण्ठसम्म २२ मिटर चौडा गर्ने प्रस्ताव छ ।
    यस्तै गौह्रीधारा नारायणहिटी पर्खालदेखि छाप्ने गणेशसम्म,नक्साल नारायण चौर ,प्रहरी महानिरीक्षक निवास गौरीधारा ,सभामुख निवास हुँदै बालुवाटार तीन दोबाटोसम्म १६ मिटर, नयाँबानेश्वर पानीट्याङकी अगाडिको घरटहरा तथा बगैँचा,मैतीदेवी सेतोपुल, भगवतीबहाल सानो गौचरण हुँदै कालोपुल सिफल हुँदै मित्रपार्कसम्म ,सिफल पीपलबाटो हुँदै जयवागेश्वरी रिङ्रोडसम्म, ज्ञानेश्वर चोक भैरव मन्दिर हुँदै तीनदोबाटोसम्म ,पुरानो बानेश्वर चोक देखि नयाँ बानेश्वर हुँदै शंखमुल पुलसम्म र डिल्ल्बीजार चोक , जैन मन्दिर चोक भगवती बहाल , भाटभटेनी प्रधानमन्त्री निवास बालुवाटार हुँदै महाराजगञ्ज सम्म १४ मिटर सडक चौडा गर्ने प्रस्ताव भैसकेको छ ।
    यता, हनुमानस्थानदेखि थापागाउँ हुँदै बानेश्वरसम्म, बाँसको झाङ्देखि कालिकास्थान हुँदै डिलीबजार चोकसम्म, चाबहिल गणेस्थानदेखि लामपोखरी हुँदैै कटुवालसम्म ११ मिटर, जयनेपाल हलदेखि नागपोखरीसम्म ,गाईबाच्छा पाटी हुँदै बाहिटी ब्यारेक बाफल चोक रिङ्रोडसम्म, पवित्र वर्कशप देखि टुँडालसम्म ,कोटेश्वर चोकदेखि सेतिओपी मार्ग हुँदै झोलुङ्गे पुलसम्म, मुनिभैरव मन्दिर किष्ट हुँदै पेरिसडाँडाको फेदसम्म गणेश सरस्वती मन्दिर सामुदायिक मार्ग र सुविधा मार्गको पूरै भाग, प्रगति मार्ग र प्रयागमार्गको सडक आठ मिटरको चौडा बनाउने प्रस्ताव छ ।
    यस्तै, दशरथचन्द मार्ग बालुवाटारदेखि विशालनगर चोकसम्म,बत्तीसपुतली सूर्यविक्रम ज्ञवाली मार्ग,कुलेश्वर गणेशस्थान देखि कलङ्की चक्रपथ सम्म ,सोल्टिमोड–छिन्नलता चोक–वाफल चोक हुँदै चक्रपथ मकालु कलङ्कीसम्म र वाफल चोक, गाई बाच्छापाटीसम्म छ मिटर र कुमारीमार्ग घट्टेकुलोदेखि बरबोटसम्म ,मिलनटोल का.म.पा वडा न १३ सम्म र अनामनगरदेखि घट्टेकुलो हुँदै डिल्लीबजार चोकसम्म चार मिटर सडक चौडा गर्ने प्रस्ताव रहेको प्राधिकरणले जनाएको छ ।

    Advertisement

    शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.