• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनचाँदीको मूल्य बढ्यो

‘होल्ड एन्ड सोल्ड’को नीतिमा लगानीकर्ताः ३१ दिनकै न्यून कारोबार, घट्दो ट्रेन्डमै बजार


  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
  • काठमाडौं । केही दिनदेखि निरन्तर गिरावटको ट्रेन्ड पछ्याएको सेयर बजार बुधबार पनि घटेको छ । यद्यपि, गत सोमबार नाटकीय परिवर्तन हुँदै ७५ अंकले घटेको बजार अन्तिम समयमा अघिल्लो दिनको तुलनामा ३२ अंकले बढेर बन्द भएको थियो । यद्यपि, त्यसअघि तथा पछि पनि बजार एक चरण बढ्ने र अर्को चरण तीब्र रुपमा घट्नेक्रमलाई पछ्याइरहेको छ । बजार यसरी घट्ने तथा बढ्ने ट्रेन्डमा नियोजित खेल रहेको आशंका गर्न थालिएको छ । कतिपय बेला नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नै प्रणाली भत्काएर सेयर बजार बढाउने तथा घटाउने रणनीति अँगाल्ने गरेको आक्षेप पनि लाग्न थालेको छ ।

    Advertisement

    उता धितोपत्र दलाल व्यवसायी (ब्रोकर)ले सेयर किन्न राखिने धितो प्रणालीमा अपलोड गर्न नमिल्ने, बजार अझै घट्छ किन्ने बेला भएको छैन भन्दै तर्काउन खोज्ने, सीमित लगानीकर्ताहरुको पहुँचलाई मान्यता दिनेजस्ता प्रवृत्तिले पनि बजार निरन्तर अस्थिर देखिएको छ ।

    तत्कालै ठूलो अंकले बढ्ने र लगत्तै ठूलो अंकको गिरावट देखिन प्रवृत्तिले केही दिनदेखि निरन्तरता पाइरहेको छ । समग्रतामा तरलता अभाव, ब्याजदरवृद्धि, सेयरधितोमा एकल ग्राहक कर्जा सीमा ४/१२ करोडको फन्डालगायतलाई देखाएर बजार आफ्नो नियन्त्रणमा लिन खोजिरहेको पाइन्छ ।

    निरन्तरको घट्दो सूचकसँगै घट्दो कारोबारले पनि बजारमा लगानीकर्ता अन्याेलको अवस्थामा छन् । अझ अधिक कम्पनीहरुको राम्रो लाभांश घोषणा हुँदा पनि बजार निरन्तर घट्दो छ । बोनस सेयरमा आकर्षित नेपाली लगानीकर्ता बोनस सेयर घोषणा पनि सम्बन्धित कम्पनीहरुको मूल्य झन घट्ने प्रवृत्ति पछ्याउन थालेको छ ।

    कम्पनीको साधारणसभाका लागि बुक क्लोज भएर मूल्य समायोजन हुने हुँदा ती कम्पनीहरुको मूल्यमा आउने उच्च गिरावटले पनि सूचक घटाउन मद्दत गरिरहेको छ । यो क्रमले आगामी पुस मसान्तसम्म अधिकतम निरन्तरता पाउनेछ । लाभांश दिइसकेका कम्पनीहरु पनि आगामी एक वर्षसम्म बिना लाभ पालिरहनुपर्ने भएकाले बुक क्लोजपछि मूल्य समायोजनसँगै थप मूल्य घट्ने प्रभावले बजार ओरालाे यात्रामा छ ।

    यो प्रवृत्तिले निरन्तरता पाउँदै गए र नियामकले कुनै नीतिगत तहबाट बजारका समस्या समाधान गर्न पहल नभए न्यून बिन्दुतिरै नेप्से जाने देखिन्छ । यद्यपि, लगानीकर्ताहरु बजार बढ्छ भनेर होल्ड गर्ने मुडमा देखिन्छ । त्यसको प्रभाव कारोबार रकममा पर्ने गरेको छ ।

    बुधबारको कारोबार रकम पछिल्लो ३१ कारोबार दिनकै न्यून हो । बुधबार ६५ लाख ६१ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो गत कात्तिक ४ यताकै न्यून कारोबार हो । कात्तिक ३ गते २ अर्ब ६० करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    मंगलबार २५०८.९१ अंकमा रोकिएको नेप्से बुधबार २५११.६९ अंकसम्म चढे पनि बजार त्यसपछि निरन्तर रोकिँदै घट्न थाल्यो । कारोबार सकिनु १० मिनेटअघि २४४८ सम्म झरेको सूचक अन्तिम समयमा मंगलबारको तुलनामा ५३.१ अंकले घट्दै २४५५.८१ बिन्दूमा रोकिएको छ । साताकै सोमबार पनि सूचक २४३८.८६ सम्म झरेकोमा अन्तिम समयमा बढेर बन्द भएको थियो ।

    यसअघि भदौ २ गते हालसम्मकै उच्च ३१९९ अंकमा पुगेको नेप्से त्यसपछि घट्दै गएर कात्तिक २ गते २४८१.८५ अंकसम्म झरेको थियो । त्यसपछि मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा ४ र १२ को सीमा परिवर्तन हुने प्रलोभन देखाएर कात्तिक २२ गते २८७८.२ अंकसम्म उछालिएको थियो । तर, मौद्रिक नीतिमा सेयर बजारसम्बन्धी कुनै नीतिले परिवर्तन पाएन भने यसबीचमा करिब २० प्रतिशतले ब्याजदर वृद्धि मात्रै खेपेन तरलता अभावको चरम संकट व्यहोर्नुपर्यो ।

    जसले बजार घटाउन मद्दत गरिरहेको छ । बुधबारको कारोबार प्रवृत्ति र कारोबार रकममा आएको गिरावट तथा बजारिक हल्लालाई आधार मान्ने हो भने बिहीबार पनि सुरुवाती समयमा केही बढ्ने र त्यसमा लगानीकर्ताहरुलाई बढ्न लाग्यो भने आश्वासन बाँडेर फेरि ओरालो झार्ने खेल हुन सक्छ । तर, कारोबार रकम मात्रै होइन्, कित्तासमेत निरन्तर घट्दै गइरहेकाले लगानीकर्ता घटेको मूल्यमा सेयर बेच्न तयार छैनन् भन्ने पनि देखाउँछ । यसको अर्थ पर्ख र हेर (होल्ड एन्ड सोल्ड) को नीतिमा लगानीकर्ता भएको देखाउँछ ।

    बुधबार १८१ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा सबैभन्दा बढी सामदायिक लघुवित्तको सेयर मूल्य ८.७४ प्रतिशतले घटेको छ । घट्दो बजारमा पनि ७ कम्पनीले मूल्य बढाएकोमा स्टान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै १.९४ प्रतिशतले मूल्य बढेको छ । उता कारोबार रकम खुम्चिरहेका बेला सबैभन्दा बढी नेसनल हाइड्रो ११ करोड ८८ लाख १५ हजार रुपैयाँ बरारबको सेयर किनबेच भएको छ ।

    बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.