काठमाडौं – आइतबार हाल प्रदेश नं १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रहेको छ। साथै तराईका भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहने छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
आज राती देशभर आंशिक देखी सामान्य बदली रहने छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन /चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
भोलि सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
