• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

चितवन महोत्सवको उद्घाटन, सीपयुक्त जनशक्ति उत्पादनको प्रदेश बनाउँछौँ : मुख्यमन्त्री पाण्डे


  •   सोमबार, पुष २६, २०७८ मा प्रकाशित
  • चितवन । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो प्रदेशलाई सीपयुक्त जनशक्ति भएको प्रदेशका रुपमा विकास गर्ने बताएका छन् । चितवन महोत्सबको १३औँ संस्करणको आज यहाँ उद्घाटन गर्दै उनले आन्तरिक रुपमा सीपयुक्त जनशक्ति उत्पादन भएसँगै बाहिरबाट जनशक्ति ल्याउनु नपर्ने बताए ।

    Advertisement

    मुख्यमन्त्री पाण्डेले भने, “तीन महिनासम्म प्रदेश सरकारले खर्च गरेर सीपमूलक तालिम दिन्छ ।” तालिम प्राप्त जनशक्तिले सहजै काम पाउने उनको भनाइ थियो । उद्योगमा लगानी मैत्री वातावरण बनाउने भन्दै उहाँले ट्रेडबाट देशको विकास हुन सम्भव छैन भने । बन्द भएका उद्योगहरू सञ्चालनका लागि आवश्यक गृहकार्य सुरु गरिएको पाण्डेले बताए । उनले भने, “उद्योगपति बन्न आफैँले उद्योग सञ्चालन गर्नुपर्छ। बाहिरबाट ल्याएर सामान बेचेर उद्योगपति बनिँदैन ।” राष्ट्रिय आवश्यकता हेरेर स्वदेशमा नै उत्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

    सरकारी विद्यालयमा अध्ययनरत छात्रालाई प्रदेश सरकारले निःशुल्क शिक्षा दिने उनले बताए। मुख्यमन्त्री पाण्डेले लोपोन्मुख जातिलाई हरेक पालिकाबाट एकजनाका दरले एसइईपछि प्राविधिक शिक्षा दिएर पालिकामा नै रोजगारीको अवसर सृजना गर्ने गरी प्रदेश सरकारले काम गरेको जानकारी दिए ।

    कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले नीतिगत रुपमा उद्योग व्यापारका क्षेत्रमा सहयोग गर्नुपर्ने बताए । उनले भने, “५० वर्षअघिको नियम कानुनले काम गर्न अफ्ठ्यारो भयो ।” सोही अवसरमा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, बागमती प्रदेश उद्योग वाणीज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, एमालेका नेता रामप्रसाद न्यौपाने, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष यमबहादुर परियार, नेकपा (एकीकृत समाजवादी)का जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने, उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेल लगायतले कोभिडबाट जोगिएर महोत्सवमा सहभागी हुन आग्रह गरेका थिए ।

    उद्योग वाणिज्य सङ्घ चितवनले महोत्सवको आयोजना गरेको हो । महोत्सव मूल आयोजक समितिका संयोजक एवं सङ्घका अध्यक्ष राजु श्रेष्ठले महोत्सवबारे विस्तृत जानकारी गराए । महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुनेछ । विसं २०५३ सालदेखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको भए पनि अघिल्लो वर्ष हुनुपर्ने महोत्सव कोरोनाका कारण एक वर्ष पछाडि धकेलिएको हो । महोत्सवको टिकटसँगै सबैलाई मास्क प्रदान गरिएको छ । यस पटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आइटीका छुट्टै छुट्टै परिसर रहेका छन् । विशेष गरी चितवनको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यस पटक महलाई प्रवद्र्धन गर्नेगरी मौरीको डमी महोत्सवभित्र राखिएको छ ।

    महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीसहित रहेका छन् । महोत्सवमा चारवटा विशेष र डोमसहित ४०० वटा स्टल रहेका छन् ।  महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पोल्ट्री र उद्योग प्रवद्र्धनका गतिविधि सञ्चालन हुनेछन् । दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेशभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिने आयोजकले जनाएको छ । महोत्सव सुरु हुनुअघि नारायणगढ बजार क्षेत्रमा शोभायात्राको आयोजना गरिएको थियो ।

    सोमबार, पुष २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.