विश्वव्यापी रुपमा अफरोड गाडी खोज्नेको संख्या बढ्दै गएको छ । त्यसमा पनि हाम्रो जस्तो अधिकांश सडक अफरोड भएको ठाउँमा अफरोड एसयूभीको माग राम्रो हुनु स्वभाविक मानिन्छ ।
नेपालमा पछिल्ला दिनमा सुरु भएको ड्राइभ टुरिजमसँगै अफरोड एसयूभीको माग पनि बढ्दै गएको देखिन्छ । यो सेग्मेन्टमा महिन्द्रा थार मात्रै ग्राहकसँग छनोटमा थियो । तर, नयाँ जेनेरेशन थार बजारमा आएसँगै नेपालले अहिलेसम्म थार ल्याउन पाएको छैन । यस्तोमा सुजुकी जिम्नी नेपाल आएको थियो । अब भने जुनकुनैसँग प्रतिस्पर्धा गर्न फोर्स गुर्खा नेपाल आउने पक्का भएको छ ।
मूल्यको हिसावले कतिमा आउला Gurkha भन्ने चासोको बिषय बनेको छ भने किन्नकहिले पाईन्छ भन्नेर बुझ्न आउने ग्राहकहरुको घुईचो लागेको बताउनुहुन्छ रेयन मोटर्सका निर्देशक बिमल पौडेल आयाम इन्टरनेसनलले नेपाल ल्याउन लागेको फोर्स गुर्खाले सम्पुण SUV सेग्मेंटलाई टक्कर दिने देखिन्छ । अझ भनौं अन्यको तुलनामा गुर्खा केही सस्तो हुने अनुमान गरिएको छ । आधिकारीक मूल्य सार्वजनिक नभएपनि कतिरहला मुल्य भनेर निकै ठुलो चासोको बिषय वनेको देख्न सकिन्छ ।
इन्जिनमा फरक
फोर्सको गुर्खामा जर्मनी कार निर्माता मर्सिडिज बेन्जको इन्जिन प्रयोग भएको छ । यसमा मर्सिडिजको एफएम २.६ सिआरसीडी इन्जिन रहेको छ । उक्त इन्जिनले ९० हर्सपावर र २५० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स रहेको छ । गुर्खालाई कम्पनीले ४X४X४ अफरोड एसयूभी भन्ने गरेको छ । फोर बाई फोरले फोरह्वील ड्राइभको संकेत गर्छ भने फोर्सको गुर्खामा रहेको अतिरिक्त फोरले यो एसयूभी जमिन, हिउँ, मरुभूमी र पानीमा समेत गुढ्न सक्ने जनाउँछ ।
बाहिरी आवरण
फोर्स गुर्खाको लम्बाई ३६४५ एमएम, चौडाई १६४५ एमएम र उचाई १७२० एमएम रहेको छ । ३७७ लिटर लगेज स्पेश, ठूलो लेगरुम, २२५० एमएमको ह्वीलवेश पाउन सकिन्छ ।
फोर्स गुर्खाको लम्बाई ४११६ एमएम, चौडाइ १८१२ एमएम, उचाई २०७५ एमएमको रहेको छ भने यसको ह्वीलवेस २४०० एमएमको रहेको छ ।
फोर्सको गुर्खामा राउण्ड सेपको डिआरएल सहितको एलइडी हेडलाइट, मर्सिडिजको जी वागन स्टाइलको बक्सी डिजाइन, १६ इन्चको ड्यूलटोन अलोय ह्वील र २०५ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।
जिम्नीको लोकप्रियता संसारभर रहेको छ । जिम्नीमा १५ इन्चको अलोय ह्वील, गोलाकार एलइडी हेडल्याम्प, बक्सी डिजाइनमा तयार भएको बडी, २१० एमएमको निकै उच्च ग्राउन्ड क्लियरेन्सले जिम्नीलाई उत्कृष्ट बनाएको छ ।
गुर्खामा ड्राइभर साइडमा फ्याक्ट्री फिटेड एयरइनटेकसँगै दिएको म्याट व्ल्याक कलरको स्नोर्कलले यसको पानीमा समेत गुड्न सक्ने क्षमतालाई दर्साउँछ । यो एसयूभी ७०० एमएमसम्मको पानीको गहिराइमा गुड्न सक्छ ।
सुरक्षा फिचर
फोर्स गुर्खामा अगाडि डिस्क तथा पछाडि ड्रम ब्रेक पाउन सकिन्छ । साथै, दुई एयरव्याग, इबीडी सहितको एबीएस, हिल होल्ड एसिस्ट, ब्रेक एसिस्ट जस्ता फिचर यसमा उपलब्ध छन् । क्याविन गुर्खाको क्यावीनमा छिर्न र ओर्लिनकाका लागि लामो फुटरेस्ट दिइएको छ । चालकको सहजताको लागि ड्यासबोर्डमा सेमी डिजिटल ड्राइभर इन्फर्मेसन डिस्प्ले, ७ इन्चको इन्फोटेन्मेन्ट टचस्कृन, अटो कर्नरिङ हेडल्याम्प, अटोडीमीङ इन्टेरियर लाइट, फलोमी होम लाइट, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर प्रदान गरेको छ ।
