काठमाडौं – जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी अनुदान सहयोग एमसीसी पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्ने बताएका छन् ।
एमसिसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो बताएका छन् । एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको उनको भनाई छ ।
उनले भने – ‘एमसीसी को डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो।सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्रीरबाहिरी स्वीकार्यता रहन्न।यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ।’
उनले अब एमसीसी पास गर्न दुई विकल्प रहेको बताएका छन् । अब कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्ने कि नयाँ समीकरण बन्नुपपर्ने उनी बताउछन् ।
उनले भने – ‘कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपपर्यो १ अर्को बाटो छैन १’
गठबन्धनको नेपाली कांग्रेस पास गर्ने पक्षमा रहे पनि एक्लैले बहुमत पुग्दैन । नयाँ समीकरण गर्न प्रमुख प्रतिपक्ष एमालेको साथ चाहिन्छ ।तर एमाले र कांग्रेसबीच कुनै सहमती भनेको छैन ।
