• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

प्रदेशकै ठूलो शीत भण्डार आजदेखि आयो सञ्चालनमा


  •   मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
  • चितवन। सिजनमा बढी उत्पादन भई खेर जाने कृषि उपजको भण्डारणको लागि चितवनमा बाग्मती प्रदेशकै ठूलो र देशकै नमुना अत्यधुनिक शीत भण्डार सञ्चालनमा ल्याईएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १८ स्थित चनौलीमा १७ करोड बढीको लगानीमा चितवन चनौली शीत भण्डार सहकारी संस्था निर्माण गरिएको हो । २८ सय टन क्षमताको ‘कोल्ड रुम’ सहित शीत भण्डार आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

    Advertisement

    भण्डारमा १४ सय टन क्षमताको कक्षमा किसानहरुले आफ्नो कृषि उत्पादन राख्न पाउँछन् भने १४ सय टन बराबर क्षमताको कक्षमा व्यापारीहरुलाई निश्चित भाडा लिएर कृषिजन्य उत्पादन राख्न दिइने भण्डारका अध्यक्ष सूर्य पौडेलले जानकारी दिए । शीत तभण्डारको अण्डरग्राउण्डमा दूध तथा मासुजन्य फ्रोजन उत्पादन गर्न सकिने बनाईएको छ । सहकारी मोडलमा स्थापित पाँच तला भएको शीत भण्डारमा सबै कक्षलाई अत्यधुनिक प्रविधि प्रयोग गरी २४सै घण्टा वातानुकुलित बनाईएको छ ।

    शीत भण्डारमा किसान र व्यापारीले आवश्यकता अनुसार कृषिजन्य उत्पादन भण्डारण गरेर राख्न पाउने व्यवस्था गरिएको अध्यक्ष पौडेलले बताए चितवनमा सिजनमा उत्पादित बन्दा, काउली गोलभेडा, कांँक्रो , फर्सी लगायतका कृजिजन्य उत्पादन जोतेर फाल्नु पर्ने अवस्थाको अन्त्य गर्नपनि शीत भण्डारको अवधारणा ल्याईएको हो । चितवनमा बर्षेनी यी उत्पादन जोतेर, कुहाएर फाल्नु पर्ने बर्षौंदेखिको नियति छ , पौडेलले भने, यसको अन्त्यको लागि प्रदेश सरकारको सहयोग सहित शीत भण्डार सञ्चालनमा ल्याईएको हो । मौसममा कृषकले सहुलियत दरमा कृषिजन्य उत्पादनको भण्डारण गरी बेमौसममा उपभोक्ताले समेत उचित मुल्यमा खरीद गर्न पाउने भन्ने हेतुले भण्डारण सञ्चालनमा ल्याईएको हो ।

    शीत भण्डारमा सहकारी विभागको पाँच करोड ८१ लाख ४८ हजार ७४९, बागमती प्रदेश सरकारको ५७ लाख ९१ हजार ८७०, भरतपुर महानगरको चार लाख ८२ हजार १६३, सहकारीको आठ करोड ६१ लाख ४२ हजार ३१० र बैंकको ऋण दुई करोड ९५ लाख रुपैयाँ लगानी भएको छ । शीत भण्डारको संरचनामा पप प्यानल र स्टिलको प्रयोग गरिएको छ । आवश्यकताअनुसार चिसोपना कायम गर्न मिल्ने पप प्यानल इन्सुलेटेडको प्रयोग गरिएकाले यो शीत भण्डार देशकै नमुना शीत भण्डार भएको अध्यक्ष पौडेलको भनाई छ ।

    दुईवटा लिफ्ट, फोरजनजन्य सामान भण्डारण गर्ने दुई सय टन क्षमताको दुईवटा कोल्ड रुम र मोज्याक टायललगायतका पूर्वाधार तयार गर्न अझै बाँकी रहेपनि रकम अभावमा हाल गर्न सकिएको छैन । यी पूर्वाधार तयार गर्न करिब दुई करोड लाग्ने र त्यसका लागि सहकारी विभागसँग सम्झौता हुन लागेको छिट्टै पूर्णता पाउने उनले जानकारी दिए । हाल शीत भण्डारमा चितवन लगायत हेटौडा, नवलपुर लगायत अन्य जिल्लाबाट कृषि उपज आउन थालेको छ ।

    शीत भण्डारमा कृषक तथा सहकारी संस्थाको अपनत्व होस भन्ने हेतुले उनीहरुको शेयर लगानी गरिएको छ । हाल शीत भण्डार एकलाख रुपैंयादेखि पांँचलाख सम्म कृषक, सहकारी एवं व्यापारी गरी १ हजार तीनजनाको शेयर लगानी भएको सहकारीले जानकारी दिएको छ । शीत भण्डार निर्माण गर्ने उद्देश्यले २१ असार २०६९ मा सहकारी स्थापना भएको हो । नौ वर्षको अवधिमा ५४ वटा सहकारी संस्थालाई एकीकृत गर्दै एक हजार तीन जना शेयर सदस्य पु¥याइएको हो ।

    मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.