शुक्रबार एसवान होम्सको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमकाबीच मोबाइल एप सार्वजनिक गरिएको हो । उक्त मोबाइल एप केही दिन भित्रै गुगल प्ले स्टोरमा उपलब्ध हुने कम्पनीका अध्यक्ष सुरज न्यौपानेले जानकारी दिए ।
मोबाइल एप मार्फत कुनै पनि ठाउँमा बसेर जुन सुकै ठाउँको जग्गा खरिद बिक्री गर्न सकिने कम्पनीका अमेरिका अध्यक्ष कुलमणी आचार्यले बताए । एपमा घर तथा जग्गाको फोटो, भिडियो तथा सम्पूर्ण विवरण पनि उपलब्ध हुनेछ । ग्राहकले फोटो भिडियो हेरेर पनि आफुलाई मन परेको घर जग्गा खरिद गर्न सक्ने उनले बताए ।
एपले क्रेता र बिक्रेताबीचको दुरी घटाउने उनको विश्वास छ । एपले घर जग्गाको कारोबारलाई डिजिटलाइज्ड बनाउने उनले बताए । यसलाई आगामी दिनमा थप व्यवस्थित गरिने समेत उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि कानून, न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोख्रेल, विशिष्ठ अतिथि भरतपुर महानगरपालिका १० का वडाध्यक्ष परमेश्वर खनाललगायतले बोलेका थिए । उनीहरुले एपको सफलताको कामना गरे ।
