• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • १०. सुनचाँदीको मूल्य बढ्यो

खल्लो हुने भयो राउटेको यस पटकको दसैं, पाएनन् भत्ता


  •   सोमबार, असोज १७, २०७९ मा प्रकाशित
  • सुर्खेत  ।  तीन महिनादेखि समाजिक सुरक्षा भत्ता नपाउँदा राउटे समुदाय दशै कसरी मनाउने भन्नेमा चिन्तित छन् । साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । दशैको मुखमा भत्ता नपाउदा कसरी चाडपर्व मनाउने भन्नेमा चिन्तित छन् ।  दशैका लागि बस्ती राम्रो बनाए पनि यो वर्ष आफूहरुको भत्ता नआउदा सोचेजस्तो दशै नहुने राउटे मुखिया सूर्यनारायण  शाही बताउँछन् ।

    Advertisement

    पहिले समयमै भत्ता आउथ्यो तर अहिले भत्ता नआएपछि आफुहरु दुःखी भएको राउटे मुखिया सूर्य नारायण शाही बताउँछन् ।  ‘पहिले समयमै भत्ता पाउँथ्यौँ, दशै पनि  रमाइलो हुन्थ्यो,’शाहीले भने, ‘अहिले दशैमा भत्ता नपाएपछि अहिलेको दशैमा खुशि नभएर दुःखी छौँ हामी ।’

    दैलेखको भगवतीमाई गाउँपालिका –१ बेस्तडा बाबियातडामा रहेका राउटे समुदायले भत्ता नआएपछि पहिलेजस्तै र सोचेजस्तो दशै मनाउन नसकिने कुरामा चिन्तित देखिन्छन्  ।  ‘‘पछिल्लो सरकार आएदेखि आफुहरुले समयमै भत्ता पाएका छैनौँ । साउने संक्रातिमा पनि ढिलो गरि पायौँ अहिले दशैमा पनि पाएनौँ अब कसरी दशै मनाउने ?’ राउटे मुखिया शाहीले भने ।

    समयमै भत्ता नपाएपछि राउटे बस्तीमा राउटेहरुलाई खाद्यान्न, नुन, तेललगायत दशैका लागि आवश्यक पर्ने सामग्रीको अभाव ५ । सधैजसो समयमै भत्ता पाएर खुशिसाथ दशै मनाउने राउटे समुदाय यो वर्ष अभावै अभावमा दशै मनाउने मुखिया शाहीले बताए ।

    दशैँको मुखमा राउटेका ४० परिवारका १ सय ४४ जनाको भत्ता रोकिएको हो । तीन महिनादेखि भत्ता पाएका छैनन् । पाँच बर्षदेखि राउटेका लागि दैलेखको गुराँस गाउँपालिकाले भत्ता वितरण गर्दै आएको थियो । तर, असोजमा पाउनुपर्ने भत्ता राउटेले पाएका छैनन् । शुक्रवार साँझ मात्र वडा कार्यालयको खातामा पैसा आएको र आइतवार बैंक बन्द भएका कारण राउटेलाई भत्ता वितरण गर्न नसकिएको गुराँस गाउँपालिका ८ का वडा अध्यक्ष दिपेन्द्र वलीले बताए ।  ‘वडाको खातामा रकम ढिलो गरी आयो,’उनले भने, ‘आजदेखि बैंक बन्द भएपछि भत्ता उपलब्ध गराउन नसकिएको हो ।’
    यता जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल दशैको मुखमा राउटे समुदायले सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने बताउँछन् ।

    राउटे समुदायले हर्षोल्लासका साथ दशै मनाउन पाउनुपर्छ,’उनले भने,  ‘उनीहरुलाई भत्ता उपलब्ध गराउने पालिका र वडाले जताबाट भएपनि दशैमा भत्ता उपलब्ध गराउनुपर्छ ।’
    कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा बसाईसराई गर्दै आएका राउटेलाई २०७४ असारदेखि गुराँस गाउँपालिका ८ कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिको हो । वडा कार्यालयले फिरन्ते राउटेको बस्ती जहाँ पुग्छ, त्यही पुगेर भत्ता वितरण गर्दै आएको छ ।

    पछिल्लो समय राउटे समुदायको बसाईसराई छिटोछिटो भइरहेको छ । समुदायमा कसैको मृत्यु भए बस्ती सार्ने परम्परा छ । जनगणनाको तथ्यांकले राउटको जनसंख्या घट्दै गइरहेको देखाउँछ । २०५८ सालमा १ सय ८० जनसंख्या रहेकोमा २०६८ को जनगणना घटेर १ सय ६६ रहेको थियो । गुराँस गाउँपालिकाले २०७४ सालमा लिएको तथ्यांक अनुसार १ सय ४९ रहेकोमा अहिले १ सय ४४ छ ।

    सोमबार, असोज १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.